काठमाडौं। मगर समुदायले नयाँ वर्ष मनाउने क्रम शुरु भएको छ। शुक्रवारबाट काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ती पर्वको पूर्व सन्ध्यामा मगर समुदायले माघे नयाँ वर्ष मनाउन शुरु गरेका हुन्। मगर समुदायले माघे संक्रान्तीलाई नयाँ वर्षको रुपमा मनाउने परम्परा रहेको छ। माघे संक्रान्ती पर्वको अवसरमा उनीहरुले मिठामिठा परिकारहरु बनाएर खाने, नाचगान र आफ्नो संस्कृति झल्किने पहिरनसहित रमाइलो गर्ने गर्छन्।