बालकृष्ण खाणलाई कांग्रेसबाट निलम्बन गर्न माग गर्दै नेविसंघको प्रदर्शन काठमाडौं, ३१ वैशाख। नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्।आइतबार काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाण विरुद्ध ‘सभापति ज्यु खाणलाई किन निलम्बन नगरेको ?’लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेको हो। उनीहरुले नेविसंघको झण्डासहित प्रतिकात्मकरुपमा कागजको हत्कडी र कैदीबन्दीले लगाउने पोशाक लगाएर प्रदर्शन गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्