![](https://www.dekhapadhi.com/uploads/posts/1685439683.344776589_181445974555669_2880113447182013417_n.jpg)
दरवार हत्याकाण्ड र गौर हत्याकाण्डको खोजिनीति गर्नुछ : प्रधानमन्त्री
काठमाडौं,१६ जेठ।प्रधानमन्त्री पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गर्ने बताएका छन्। मंगलबार नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन्। क्रमशः खुल्छन्। खुलाइन्छन्। ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजीनीति गरिन्छ। ठूलाठूला भयानक हत्याकाण्डहरू छन्,ती हत्याकाण्डहरूको खोजीनीति गर्नुछ। चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड।’
प्रतिक्रिया दिनुहोस्