जर्ज र काइल चम्किदा नामिबियामाथि स्कटल्याण्डको शानदार जित काठमाडौं, ३ फागुन। आईसीसी लिग टु अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिजमा आज स्कटल्याण्डले नामिबियामाथि शानदार जित निकालेको छ। जर्ज मुन्से र काइल कोट्जर चम्किदा स्कटल्याण्डले १० विकेट जित निकालेको हो। नामिबियाले निर्धारित ५० ओभरको खेलमा दिएको १५३ रहको लक्ष्य स्कटल्याण्डले २२.१ ओभरमा पुरा गरेको हो। स्कटल्याण्डका जर्जले १०३ र केलले ४६ रन प्रहार गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्