सामुदायिक रेडियोलाई पछि पार्ने सरकारको नीति छैनः उपप्रधानमन्त्री पौडेल काठमाडौं, १ फागुन। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पारेका छन्। सोमवार विश्व रेडियो दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामुदायिक रेडियोहरु पछि नपर्ने गरी आफ्ना कार्यक्रम र समाचार सम्प्रेषण गर्नुपर्ने बताए। सामुदायिक रेडियोहरुको नविकरण, दर्ता र करका विषयमा रहेका समस्याहरुको समाधानका लागि प्रतिनिधिमुलक ढंगबाट मन्त्रालयमा छलफलका लागि आउन उनले आग्रह गरे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्