बढी ब्याज मागेपछि लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन असफल सरकार काठमाडौं। बैंक वित्तीय संस्था र अन्य कम्पनीले विकास ऋणपत्रमा ६.५ प्रतिशतभन्दा बढी ब्याज मागेपछि लक्ष्यअनुसार आन्तरिक ऋण उठाउन सरकार असफल भएको छ। सरकारले ६वर्ष अवधिको ६.५प्रतिशत ब्याजदरमा विकास ऋणपत्र जारी गर्दै १०अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन खोजेको थियो। तर, राष्ट्र बैंकले तोकेको कट अफ रेटभन्दा बढी ब्याज कबोल गरिएपछि सरकारले ४अर्ब १६करोड रुपैयाँ मात्रै आन्तरिक ऋण उठाउन सकेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्