मन्त्रिपरिषद विस्तार, नयाँ मन्त्रीले लिए शपथ
मन्त्रिपरिषद विस्तार, नयाँ मन्त्रीले लिए शपथ
काठमाडौं। मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गरेका छन्। उपप्रधानमन्त्रीमा राजेन्द्र लिङ्देनसहित अन्य दलका मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी हुन् भने राज्यमन्त्रीहरूको शपथ प्रधानमन्त्रीले गराएका हुन्। एमालेले ८, माओवादीले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३/३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएको छ । माओवादी, रास्वपा र राप्रपाले १/१ राज्यमन्त्री पाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्