माधव नेपाललाई देउवाको प्रस्ताव–सहकार्य गरौं । काठमाडौं, फागुन २३। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सहकार्यको प्रस्ताव गरेका छन्। बुधबार बिहान अध्यक्ष नेपाल निवास पुगेर सभापति देउवाले आगामी दिनमा पनि सहकार्य गर्न प्रस्ताव गरेका हुन्। नेपाललाई मंगलबार बेलुकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पनि भेटेर सहकार्यको प्रस्ताव राखेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्