काठमाडौं। कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्वप्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन्। पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र प्रचण्डप्रति संकेत गर्दै उनले ४ मंसिरको चुनावपछि नेपाली राजनीति पूर्वप्रधानमन्त्रीहरु एकले अर्कोलाई छक्याउने, ढाल्ने कुरामा मात्रै केन्द्रित भएको बताएका हुन्।शनिबार पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै थापाले पूर्वप्रधानमन्त्रीहरुबीचको झेलबाट मुलुकलाई जोगाउन आवश्यक रहेको बताए ।