बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। शनिबार विहान प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा कुराकानी भएको उनीहरु निकटका नेताहरुले बताएका छन्। सत्ता साझेदार दलहरुबीच भागवण्डामा कुराकानी नमिल्दा संघीय सरकार र प्रदेश सरकार विस्तार हुन सकेको छैन। केही मन्त्रीहरु विना विभागीय हैसियतमा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्