काठमाडौं। चालू आर्थिक वर्षको ५ महिनामा चालू खाता ३७ अर्ब ९१ करोड रुपैयाँले घाटामा रहेको देखिएको छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता २ खर्ब ९८ अर्ब ५१ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २९ करोड ७२ लाखले घाटामा रहेको छ।