सन्दीप लामिछाने भोलि धरौटी तिरेर थुनामुक्त हुने
सन्दीप लामिछाने भोलि धरौटी तिरेर थुनामुक्त हुने
काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका छन्। नाबालिग बलात्कारको आरोप लागेका लामिछाने बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा भएसँगै शुक्रबार थुनामुक्त हुने भएका हुन्। उच्च अदालत पाटनले दिएको आदेशमा २० लाख धरौटी तिरेपछि मात्र रिहा हुने भनिएकाले अहिले उक्त रकम बुझाउन ढिलो भएकाकारण प्रक्रिया पुर्‍याएर लामिछाने भोलिमात्र रिहा हुने केन्द्रीय कारागार प्रशासनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्