क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा
क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेलाई उच्चअदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। तर लामिछानेले विदेश जान नपाउने आदेश भएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए। एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षकालागि थुनामा पठाएको थियो। 
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्