राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा मल्यार्पण गरेकी छन्। राष्ट्रपति भण्डारीले आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन्। आज पुस २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। पृथ्वी जयन्तीको अवसरमा सरकारले आज सार्वजनिक विदासमेत दिएको छ।