चीनले गर्यो पुलान–यारी बन्दरगाह छिट्टै पुनः खोल्ने घोषणा, भन्यो– थप नेपाली उत्पादन चीनमा निर्यात गरिनेछ
चीनले गर्यो पुलान–यारी बन्दरगाह छिट्टै पुनः खोल्ने घोषणा, भन्यो– थप नेपाली उत्पादन चीनमा निर्यात गरिनेछ
काठमाडौं। काठमाडौंस्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सिनले छिट्टै पुलान–यारी बन्दरगाह पुनः खोल्ने घोषणा गरेका छन्। ‘पुलान–यारी बन्दरगाहमा दुईतर्फी व्यापार सन् २०२३ को सुरुमा पुनः खोलिनेछ। थप नेपाली उत्पादन चीनमा निर्यात गरिने छ,’ उनले भने। उनले जनवरी ८ बाट चीनले कोरोना महामारी रोकथाम प्रतिबन्ध हटाउने र यसले नेपालको दश वर्षको पर्यटन योजनालाई सफल बनाउन मद्दत गर्ने जनाए।