काठमाडौं। नेकपा एस (एकीकृत समाजवादी)का उपमहासचिव गंगालाल तुलाधरले अध्यक्ष माधव कुमार नेपाललाई एमालेले राष्ट्रपति नबनाउने बताएका छन्। ‘त्यति सजिलोसँग नेकपा(एमाले)को तर्फबाट फेरि माधव कुमार नेपाल त्यो पनि एकीकृत समाजवादीका अध्यक्षलाई यस्तो ठूलो प्रस्ताव यति छिट्टै सजिलोसँग राख्लान् जस्तो लाग्दैन,’ उनले भने। नेकपा एसलाई भ्रममा पार्न यस्तो हल्ला चलाइएको उनले जनाए।