आगमी तीन दिन अत्याधिक चिसो बढ्ने, सावधानी अपनाउन विज्ञको आग्रह
आगमी तीन दिन अत्याधिक चिसो बढ्ने, सावधानी अपनाउन विज्ञको आग्रह
काठमाडौं। आगामी तीन दिन देशभर अत्याधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी ननिस्कन विज्ञले सुझाव दिएका छन्। पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकुल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले अनुरोध गरेका हुन्। आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा सितलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन समेत उनले अनुरोध गरेका छन्।
प्रतिक्रिया दिनुहोस्