पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आउने भएपछि चीनले भन्यो– यो नेपाल–चीन बीआरआई सहयोगको प्रमुख परियोजना हो
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आउने भएपछि चीनले भन्यो– यो नेपाल–चीन बीआरआई सहयोगको प्रमुख परियोजना हो
काठमाडौं। चीनले आजबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएपछि नेपाललाई बधाई दिएको छ। काठमाडोंस्थित चिनियाँ दूतावासका प्रवक्ताले ट्वीटर मार्फत भनेका छन्, ‘यो नेपाल–चीन बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ्स) सहयोगको प्रमुख परियोजना हो। नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई !’ चीनको २२अर्ब ऋण तथा अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो। विमानस्थलमा फागुन ११गतेदेखि दैनिक १८घण्टा उडान हुने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्