बेइजिङ। चीनले राष्ट्रपति सी जिनपिङका विश्वासपात्र किन गाङलाई नयाँ विदेशमन्त्री नियुक्त गरेको छ। ५६ वर्षीय किन हाल अमेरिकाको लागि चिनियाँ राजदूत हुन्। उनले अब हालका चिनियाँ विदेशमन्त्री वाङ यीको स्थान लिनेछन् । वाङ विगत एक दशकदेखि चीनको विदेशमन्त्री रहेका छन्। ६९ वर्षीय वाङलाई अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरोमा बढुवा गरिएको थियो।