विदेशस्थित ४० नेपाली नियोगले तीन महिनामा सके साढे एक अर्ब, पुँजीगत खर्च शुन्य
विदेशस्थित ४० नेपाली नियोगले तीन महिनामा सके साढे एक अर्ब, पुँजीगत खर्च शुन्य
काठमाडौं। विभिन्न देशमा रहेका ४० वटा नेपाली नियोगहरुले तीन महिनामा १अर्ब ४७ करोड १९लाख ५८हजार रुपैयाँ खर्च गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार उनीहरुले यो रकम २०७९ साउनदेखि असोज महिनासम्म खर्च गरेका हुन्। नियोगहरुको उक्त अवधिमा पुँजीगत खर्च एक रुपैयाँ पनि गर्न सकेका छैनन्। नियोगमा कार्यरत राजदूत तथा कर्मचारीको तलव, कर्मचारीको घर भाडा, भक्ता लगायतका शिर्षकमा उक्त खर्च भएको हो।