म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई थप सात वर्ष जेल सजाय
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई थप सात वर्ष जेल सजाय
म्यानमारको एक सैन्य अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई थप सात वर्ष जेल सजाय सुनाएको छ। योसँगै उनलाई दिइएको जेल सजायको कूल अवधि ३३ वर्ष पुगेको छ। म्यानमारको सेनाले सन् २०२१ प्रेब्रुअरीमा ‘कू’ गरी सत्ता हातमा लिएको थियो। त्यसपछि सेनाले नोबेल शान्ति पुरस्कार विजेता सूचीलाई नजरबन्दमा राख्दै आएको छ। प्रजातन्त्र पुनःस्थापनको माग गर्दै म्यानमारमा चलेको आन्दोलनमा सयौंको ज्यान गइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्