साओ पाओलो। ब्राजिलका महान् फुटबल खेलाडी पेलेको निधन भएको छ। उनको ८२ वर्षको उमेरमा गएराति ब्रजिलको साओ पाओलोमा निधन भएको हो। उनी पछिल्लो समय किड्नी र प्रोस्टेटको समस्याबाट पीडित थिए। २१वर्ष लामो फुटबल करियरमा उनको नाममा १हजार६३ खेलमा १हजार२८१ गोल गरेको विश्व रेकर्ड छ। उनी एकमात्र यस्ता खेलाडी हुन् जसले १९५८, १९६२ र १९७० गरि तीन पटक विश्वकप जितेका छन्।