क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाई भएन
क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाई भएन
काठमाडौं। बलात्कारको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाई आज भएन। जिल्ला अदालतको पुर्पक्षको लागि थुनामा पठाउने निर्णय बदर गरिपाउँ भनि उनले उच्च अदालत पाटनमा दिएको निवेदनमाथि आज सुनुवाई हुन नसकेको हो। सुनुवाइका लागि उनको मुद्दा पाटन उच्च अदालतका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा राखिएको थियो। लामिछानेको निवेदन हेर्न नभ्याइनेमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस्