सुरक्षा निकायका पदाधिकारीले अबदेखि स्वीकृति नलिई राजदूत र राजनीतिक दलका नेतासँग भेट्न नपाउने
सुरक्षा निकायका पदाधिकारीले अबदेखि स्वीकृति नलिई राजदूत र राजनीतिक दलका नेतासँग भेट्न नपाउने
काठमाडौं। सुरक्षा निकायका पदाधिकारीले अबदेखि स्वीकृति नलिई विभिन्न देशका राजदूत र राजनीतिक दलका नेतासँग भेटघाट गर्न नपाउने भएका छन्। गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै यस्तो भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजनका साथ विभागीय स्वीकृति लिएर मात्र गर्नुपर्ने जनाएको छ। स्वीकृति नलिई कूटनीतिक नियोगका कर्मचारी र दलका नेता भेटेको पाइएमा अनुशासन सम्बन्धी कारवाही गरिने गृहले स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस्