सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने जिम्मेवारी ओलीलाई, पाँच दिन भित्र कार्यक्रम तयार पारिने
सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने जिम्मेवारी ओलीलाई, पाँच दिन भित्र कार्यक्रम तयार पारिने
काठमाडौं। सत्तारुढ दलहरुको न्यूनतम साझा कार्यक्रम तयार पार्ने जिम्मेवारी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शिर्ष नेताहरुको बैठकले सो जिम्मेवारी ओलीलाई दिएको हो। ओलीको संयोजकत्वमा न्यूनतम साझा कार्यक्रम पाँच दिन भित्र तयार पारिने छ।