गृह मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाएका रवि लामिछाने परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागको अनुगमनमा
गृह मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाएका रवि लामिछाने परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागको अनुगमनमा
काठमाडौं। गृहमन्त्री रवि लामिछाने आफ्नो जिम्मेवारीभन्दा बाहिरको मन्त्रालय अन्तर्गतको विभागको अनुगमन गरेका छन्। उनले आज त्रिपुरेश्वरस्थित परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागको अनुगमन गरेका हुन्। हाल परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयमले लिएका छन्। राहदानी बनाउन सेवाग्राहीले सास्ती व्यहोर्नु परिरहेका बेला लामिछानेले विभागको अनुगमन गरेका हुन्। ‘लाइन मिनिस्ट्री’भन्दा अन्य मन्त्रालयको मन्त्री अनुगमनमा आउँदा विभागका कर्मचारी आश्चर्यमा परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्