हत्या गरी १४ वर्षीय बालकको शव सेफ्टी ट्याङ्कीमा फालियो, घटनामा संलग्न रहेको आरोपमा सहायक प्रधानाध्यापक पक्राउ
हत्या गरी १४ वर्षीय बालकको शव सेफ्टी ट्याङ्कीमा फालियो, घटनामा संलग्न रहेको आरोपमा सहायक प्रधानाध्यापक पक्राउ
पर्सा। वीरगन्ज महानगरपालिका–२५ सिर्सिया खल्वाटोलाका १४ वर्षीय निरज कुमार पासवानको अपहरणपछि हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१७ का श्याम प्रसाद यादव र धोबिनी गाउँपालिका–१ घोडादौडपिप्राका दिलिप कुमार पटेल छन्। पक्राउ पर्ने पटेल पासवान पढ्ने पन्ना मेमोरियल ई.बोर्डिङ स्कुलका सहायक प्रधानाध्यापक हुन्। पासवानको शव पुस १० गते सेफ्टी ट्याङ्कीमा भेटिएको थियो।