जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव
जसपाको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा), नेपालले आफ्नो संसदीय दलको नेतामा रामसहाय प्रसाद यादवलाई चयन गरेको छ। संसदीय दलको नेतामा अन्यले उम्मेदवारी नदिएपछि यादव निर्विरोध निर्वाचित भएका हुन्। गत मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा जसपाका ७ जना उम्मेदवार विजयी भएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान जसपा अध्यक्ष उपेन्द्र यादवलाई भेटी सरकारमा सहभागी हुन आग्रह गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्