तालिबानले अफगानीस्तानका महिलामाथि लगाएको प्रतिबन्दप्रति सुरक्षा परिषद्द्वारा चिन्ता व्यक्त
तालिबानले अफगानीस्तानका महिलामाथि लगाएको प्रतिबन्दप्रति सुरक्षा परिषद्द्वारा चिन्ता व्यक्त
न्युयोर्क। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले तालिबानले अफगानिस्तानका महिलामाथि लगाएको प्रतिबन्धप्रति चिन्ता व्यक्त गरेको छ। अफगानिस्तानको तालिबान सरकारले गत साता अफगानी महिलालाई विश्वविद्यालय अध्ययन गर्न र गैरसरकारी संस्था(एनजीओ)मा काम गर्न प्रतिबन्ध लगाएको थियो। परिषद्ले आज विज्ञप्ति जारी गर्दै अफगानि महिलालाई पुरुषसरह अधिकार प्रदान गर्न अपिल गरेको छ। तालिबानको कदमले अफगानिस्तानमा चलिरहेको मानविय सहायता प्रभावित हुने चेतावनी पनि परिषद्ले दिएको छ।