करिब ६० अंकले नेप्से बढ्यो, कारोबार रकम ४ अर्ब नजिक
करिब ६० अंकले नेप्से बढ्यो, कारोबार रकम ४ अर्ब नजिक
काठमाडौं। नयाँ सरकार गठन भएपछि लगातार दोस्रो दिन सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बढेको छ। सोमबार ५६ अंकले बढेको नेप्से परिसूचक पुनः दोस्रो दिन मंगलबार ५९.८७ अंकले वृद्धि भएको हो। आज सेयर बजार १९८३.९५ अंकमा बन्द भएको छ। आजको दिन सेयर बजारमा ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्