राष्ट्रपतिले बोलाइन् प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते
राष्ट्रपतिले बोलाइन् प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते
काठमाडौं। प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बस्ने भएको छ। राष्ट्रपति विद्यादेवि भण्डारीले पुस २५ गते प्रतिनिधि सभाको पहिलो बैठक बस्नेगरी आह्वान गरेकी हुन्। सरकारको सिफारीसमा प्रतिनिधि सभाको बैठक राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले संसदको पहिलो बैठक आह्वानका लागि सिफारीस गरेको थियो। बैठक पुस २५ गते दिउँसो १ बजे बस्नेछ।