बैंक तथा वित्तीय संस्थाहरुको संख्या १२६ पुग्यो, बैंकको पहुँच एउटा स्थानीय तहमा मात्र पुगेन
बैंक तथा वित्तीय संस्थाहरुको संख्या १२६ पुग्यो, बैंकको पहुँच एउटा स्थानीय तहमा मात्र पुगेन
काठमाडौं। नेपाल राष्ट्र बैंकले देशमा बैंक तथा वित्तीय संस्थाहरूको संख्या १२६ पुगेको जनाएको छ। २०७९ असार मसान्तसम्मा बैंक तथा वित्तीय संस्थाहरूको शाखा संख्या ११हजार ५२८ र शाखारहित बैंकिङ सेवा प्रदान गर्ने केन्द्रहरूको संख्या १हजार ५४८ पुगेको छ। ७५३ स्थानीय तहमध्ये वाणिज्य बैंकको पुहँच ७५२ मा पुगेको छ। बझाङ्गको सैपाल गाउँपालिकामा मात्र वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेको छ।
प्रतिक्रिया दिनुहोस्