प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदीको भने स्थिर
प्रतितोला २०० रुपैयाँले बढ्यो सुनको मुल्य, चाँदीको भने स्थिर
काठमाडौं। मंगलबार बजारमा सुनको मुल्य प्रतितोला २०० रुपैयाँले महँगीएको छ। नेपाल सुनचाँदी व्यवसायी महासँगले आज छापावाल सुन प्रतितोला १ लाख ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ। त्यसैगरि तेजावी सुनको मुल्य प्रतितोला १ लाख २०० रुपैयाँ कायम गरिएको छ। महासंघका अनुसार आज बजारमा चाँदीको मुल्य भने स्थिर रहेको छ। चाँदीको मुल्य प्रतितोला १ हजार ३९० रुपैयाँ तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्