वर्ष २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने आइएमएफको प्रक्षेपण
वर्ष २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने आइएमएफको प्रक्षेपण
काठमाडौं। अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले आगामी वर्ष सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने प्रक्षेपण गरेको छ। आइएमएफका अनुसार सन् २०२० मा विश्वको आर्थिक वृद्धिदर ३.१ प्रतिशतले सङ्कुचन भएकोमा २०२१ मा ६.० प्रतिशतले विस्तार भएको थियो । सन् २०२२ मा यस्तो वृद्धिदर ३.२ प्रतिशत कायम रहेको छ। आगामी वर्ष विश्वको आर्थिक वृद्धिदर घट्ने आइएमएफको प्रक्षेपण छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्