रवि लामिछानेले सम्हाले कार्यभार, भने– मेरो नागरिकता र पासपोर्टका विषयमा निश्पक्ष जाँच गर्न सहयोग गर्छु
रवि लामिछानेले सम्हाले कार्यभार, भने– मेरो नागरिकता र पासपोर्टका विषयमा निश्पक्ष जाँच गर्न सहयोग गर्छु
काठमाडौं। गृहमन्त्री रवि लामिछानेले आफ्नो कार्यभार सम्हालेका छन्। शितल निवासमा पद तथा गोपनियताको शपथ लिएलगत्तै उनले सिंहदरबारस्थित गृह मन्त्रालय पुगी आफ्नो कार्यभार सम्हालेका हुन्। कार्यभार सम्हालेलगत्तै उनले आफ्नो विवादमा परेको नागरिकता र पासपोर्टका सम्बन्धमा निश्पक्ष छानविन गर्न सघाउने बताए। ‘कसैसँग विभेद नगरी हरेक कुराको निश्पक्ष छानविन गर्ने कुरामा मेरो सहयोग बाहेक केही हुँदैन,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्