अमेरिकाले इस्लामाबादको म्यारियट होटलमा बस्न आफ्ना नागरिकलाई लगायो रोक
अमेरिकाले इस्लामाबादको म्यारियट होटलमा बस्न आफ्ना नागरिकलाई लगायो रोक
इस्लामाबाद। पाकिस्तानस्थित अमेरिकी दूतावासले इस्लामाबादमा रहेको म्यारियट होटलमा बस्न आफ्ना नागरिकलाई रोक लगाएको छ। आतंकवादीले अमेरिकी नागरिकलाई निशाना बनाउन सक्ने जनाउँदै अमेरिकाले उक्त रोक लगाएको हो। यो रोक तत्काल लागू हुने जनाइएको छ। केही अज्ञात व्यक्तिहरुले इस्लामबादको म्यारियट होटमा अमेरिकी नागरिकमाथि आक्रमण गर्ने योजना बनाइरहेको जानकारी प्राप्त भएको अमेरिकाले जनाएको छ। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्