प्रधानमन्त्रीसहित आठ जना मन्त्रीले लिए शपथ, को को बने मन्त्री ?
प्रधानमन्त्रीसहित आठ जना मन्त्रीले लिए शपथ, को को बने मन्त्री ?
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित आठ जनामन्त्रीले आज पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रममा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उद्योगमन्त्री अब्दुल खान र विनाविभागीय मन्त्रीहरु ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईले शपथ लिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्