रुसी सैन्य अड्डामा यूक्रेनी ड्रोन आक्रमण, तीन जनाको मृत्यु
रुसी सैन्य अड्डामा यूक्रेनी ड्रोन आक्रमण, तीन जनाको मृत्यु
मस्को। यूक्रेनले रुसको दक्षिणी क्षेत्रमा रहेकाे एक सैन्य अड्डामा ड्रोन आक्रमण गरेको छ। आक्रमणमा तीन जनाको मृत्यु भएको रुसले जनाएको छ। एयर डिफेन्स प्रणालीको सहयोगमा ड्रोन खसालिएको पनि रुसले बताएको छ। रुसले यसअघि पनि यूक्रेनले आफ्नो भूमिमा आक्रमण गरेको बताउदै आएको छ। यूक्रेनको सेनाले हालसम्म यसबारे कुनै टिप्पणी गरेको छैन। (बीबीसी)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्