नयाँ सरकार गठन गर्न प्रचण्डले गरे राष्ट्रपति समक्ष दाबी पेश
नयाँ सरकार गठन गर्न प्रचण्डले गरे राष्ट्रपति समक्ष दाबी पेश
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नयाँ सरकार गठनको दाबी पेश गरेका छन्। उनले माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीका १६६जना सांसदको समर्थन रहेको दाबी पेश गरेका छन्। राष्ट्रपतिले नयाँ सरकार गठनको लागि आज बेलुकी पाँचसम्म दाबी पेश गर्न आव्हान गरेकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्