काठमाडौं। आज बालकोटास्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा दलहरुको बैठक बसेको थियो। बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारको नेतृत्व गर्ने सहमति बन्यो। सहमति भएलगत्तै ओली र प्रचण्ड बार्दलीमा निस्के। त्यहाँबाट उनीहरुले बाहिर प्रतिक्षा गरिरहेका सञ्चारकर्मी र पार्टी कार्यकर्तालाई हात हल्लाउँदै अभिवादन गरे। त्यति नै खेर कार्यकर्ताले नारा लगाए– ‘नेपाल कम्युनिस्ट पार्टी, एक होस्।’