सिके राउत पनि पुगे बालकोट
सिके राउत पनि पुगे बालकोट
काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउत बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेका छन्। सरकार गठनका विषयमा छलफल गर्न राउत बालकोट पुगेका हुन्। राउत पुग्नुअघि बालकोटमा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपाका अध्यक्ष रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच छलफल चलिरहेको थियो। जनता समाजवादी पार्टी,नेपालका नेता अशोक राई भने पार्टी भित्र छलफल गर्नेभन्दै बैठकबाट निस्केका छन्।
प्रतिक्रिया दिनुहोस्