सरकार गठनमा नयाँ ट्वीस्टः ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड
सरकार गठनमा नयाँ ट्वीस्टः ओलीलाई भेट्न बालकोट पुगे प्रचण्ड
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ सरकार गठनका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालकोट पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा चलेको सत्तारुढ गठबन्धनको बैठकबाट बाहिरिएर उनी बालकोट पुगेका हुन्। नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान लिएपछि एमालेसँग मिलेर नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्