तालिबानले अफगानिस्तानमा महिलालाई एनजीओमा काम गर्न लगायो प्रतिबन्ध
तालिबानले अफगानिस्तानमा महिलालाई एनजीओमा काम गर्न लगायो प्रतिबन्ध
काबुल। अफगानिस्तानमा तालिबान सरकारले महिलालाई गैर–सरकारी संस्था (एनजीओ)मा काम गर्न प्रतिबन्ध लगाएको छ। तालिबानले महिलालाई शिक्षाको ढोका बन्द गरेलगत्तै एनजीओमा पनि काम गर्न प्रतिबन्ध लगाएको हो। संयुक्त राष्ट्रसंघले तालिबानको उक्त कदमको निन्दा गरेको छ। एनजीओमा काम गर्ने महिलालले हिजाब नलगाएर शरिया कानूनको उल्लंघन गरेका कारण प्रतिबन्ध लगाउनु परेको तालिबानले जनाएको छ। यसअघि तालिबानले महिलालाई विश्वविद्यालय जान रोक लगाएको थियो।
प्रतिक्रिया दिनुहोस्