पाँच महिनामा १४ सय ६६ केजी सुन नेपाल भित्रियो, साढे १० अर्बभन्दा बढी रकम विदेशियो
पाँच महिनामा १४ सय ६६ केजी सुन नेपाल भित्रियो, साढे १० अर्बभन्दा बढी रकम विदेशियो
काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा विभिन्न देशबाट १ हजार ४६६.५८ केजी सुन नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार उक्त सुन नेपालले आयात गर्दा १०अर्ब ५७करोड ४० लाख ५७ हजार रुपैयाँ विदेशिएको छ। नेपालले सुन युनाइटेड अरब इमिरेट्स (युएई), टर्की र स्वीट्जरल्याण्डबाट आयात गर्ने गरेको छ। युएईबाट मात्र सो अवधिमा पौने ९ अर्बको सुन नेपाल भित्रिएको छ।