सिक्किममा भारतीय सेनाको ट्रक दुर्घटना हुँदा १६ सैनिक जवानको मृत्यु
सिक्किममा भारतीय सेनाको ट्रक दुर्घटना हुँदा १६ सैनिक जवानको मृत्यु
नयाँदिल्ली। भारतको उत्तरी सिक्कमको जेमामा भारतीय सेनाको ट्रक दुर्घटना हुँदा १६ जना सैनिक जवानको मृत्यु भएको छ। ‘सैनिकहरु चढेको तीनवटा गाडीमध्ये एउटा दुर्घटनामा परेको छ। गाडी चैट्टेबाट थांगु जाँदै थियो। जेमाको एक मोडबाट गाडी खाेंचमा खसेको छ,’ भारतीय सेनाको पूर्वी कमाण्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। घटनास्थमा उद्धारकर्मीलाई पठाइएको छ। चार घाइते सैनिकलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ। (बीबीसी)
प्रतिक्रिया दिनुहोस्