काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले आफ्नो संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ। माओवादीको आज पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले संसदीय दलको नेतामा प्रचण्डलाई चयन गर्ने सर्वसम्मत निर्णय गरेको हो। बैठकले राष्ट्रिय सभा संसदीय दलको नेतामा नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतकमा हितराज पाण्डेलाई चयन गर्ने निर्णय गरेको छ।