एकवर्षमा वैदेशिक रोजगारीमा ठगी सम्बन्धी ८७ वटा मुद्दा दायर, २२ करोड ६८ लाख बिगो दाबी
एकवर्षमा वैदेशिक रोजगारीमा ठगी सम्बन्धी ८७ वटा मुद्दा दायर, २२ करोड ६८ लाख बिगो दाबी
काठमाडौं। एकवर्षमा वैदेशिक रोजगारीमा भएका ठगी सम्बन्धी ८७ वटा मुद्दा अदालतमा दायर गरिएको छ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा उक्त मुद्दा दायर गर्दा २२ करोड ६८ लाख ९४ हजार रुपैयाँ बिगो दाबी गरिएको छ। गतवर्ष ठगी सम्बन्धी ५१५ वटा उजुरीहरु सम्बन्धमा मिलापत्र गराई ४८ करोड ४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति भराइएको समेत विभागले जनाएको छ।