प्रमुख ठूला दल कांग्रेस र एमालेले टुङ्गो लगाए संसदीय दलको नेता
प्रमुख ठूला दल कांग्रेस र एमालेले टुङ्गो लगाए संसदीय दलको नेता
नेपाली कांग्रेस र नेकपा एमालले आ–आफ्नो संसदीय दलको नेता टुङ्गो लगाएका छन्। एमालेले मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मतरुपमा संसदीय दलको नेता चयन गरेको थियो। कांग्रेसले भने आज निर्वाचन प्रणाली मार्फत संसदीय दलको नेता चयन गरेको हो। कांग्रेसले संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई निर्वाचित गरेको छ। देउवा र ओली दुवै नयाँ सरकारको नेतृत्व लिने प्रयास गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्