बुधबार सुनको मुल्य प्रतितोला २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार छापावाला सुनको मुल्य प्रतितोला एक लाख एक हजार २०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला एक लाख ७०० रुपैयाँ कायम गरिएको छ। यसैगरि, चाँदीको मुल्य प्रतितोला २५ रुपैयाँ वृद्धि भएको छ। मंगलबार प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मुल्य बुधबार एक हजार ४००रुपैयाँ पुगेको हो।