एकैमहिना नेपाली उद्योगमा आयो साढे तीन अर्बभन्दा बढीको विदेशी लगानीको प्रस्ताव
एकैमहिना नेपाली उद्योगमा आयो साढे तीन अर्बभन्दा बढीको विदेशी लगानीको प्रस्ताव
एक महिनामा नेपालका उद्योगमा ३ अर्ब ६५करोड रुपैयाँको विदेशी लगानीको प्रस्ताव आएको छ। उद्योग विभागका अनुसार गत कात्तिक महिनामा विदेशी लगानी स्वीकृत भएका २४ वटा उद्योगमा उक्त लगानी प्रस्ताव गरिएको हो। स्वीकृत भएका उद्योगमा एउटा ठूलो, ४वटा मझौला र १९वटा साना रहेका छन्। प्रस्ताव स्वीकृत भएका उद्योगमा १२ पर्यटन, १० वटा सेवा, एउटा पूर्वाधार र एउटा सूचनाप्रविधिसँग सम्बन्धित रहेका छन्।